Tuesday, January 14, 2025

अनेमसङ्घ हरिवनद्वारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन–अखिल नेपाल महिला सङ्घ समाजवादी हरिवनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरेको छ । 

मङ्गलबार हरिवन नगरपालिका–५, स्थित नेपाल आदिवासी जनजाति महासङ्घको सभाहल घुर्कौलीमा अनेमसङ्घ समाजवादी हरिवन नगरको आयोजनामा अभियान समापन कार्यक्रम गरिएको हो । मधेश प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको सङ्घले जनाएको हो । 

लिङ्गको आधारमा हुने हिंसा अन्त्य हुनु पर्छ भन्ने अभियानका साथ नगर भरिका अगुवा महिला दिदी बहिनीको उपस्थितिमा कार्यक्रम गरिएको सङ्घको नगर अध्यक्ष गीता घिसिङले बताइन । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र लामा, अनेमसङ्घ केन्द्रीय सदस्य गीता माझी, पार्टी जिल्ला उपसचिव धन बहादुर मिक्चन, सङ्गठन विभाग प्रमुख भरत कुमार कार्की, युवा सङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सिंगलाल योन्जन लगायतको आतिथ्यता रहेको थियो । 

लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हरेक वर्ष नोभेम्बर २५  देखी डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । सन १९९१ मा महिलाको विश्वव्यापी संस्थाले यस अभियानको सुरुवात गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles