ब्रह्मपुरी–ठुलो परिमाणमा भन्सार छलीको लसुन सहित सर्लाही प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ ।
मङ्गलवार जिल्लाको बह्मपुरी गाउँपालिका–५, सखुअवाबाट १९ लाख बराबरको अबैध लसुन सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । पश्चिम भेल्हीबाट पूर्व सखुअवाटोल हुँदै नेपाल भारत सिमा दशगजा तर्फ जाँदै गरेको प्रदेश ०२–०४–००१ ख ००६९ नम्बरको ट्रक रोकेर चेक जाँच गर्ने क्रममा अवैध लसुन बरामद भएको प्रहरीको भनाई छ ।
चेक जाँचको क्रममा बिल बिजक शङ्कास्पद देखिएपछि ट्रक र ट्रकमा लोड रहेको ९.५ टन लसुन आवश्यक कारवाहीको लागी जिल्ला भन्सार कार्यालय मलङ्गवा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । बरामद लसुनको १९ लाख र ट्रकको २१ लाख गरी ४० लाख मूल्य कायम गरी ट्रक चालकलाई समेत आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यलय मलङ्गवामा बुझाएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।