रामनगर–सर्लाहीको रामनगर गाउँपालिका स्थित इनर्वामा एक युवक मृत फेला परेका छन् ।
शुक्रबार साझ जिल्लाको रामनगर गाउँपालिका–२, स्थित इनर्वा बस्ने आलम गिर मियाका १५ वर्षका छोरा युएक मिया आफ्नै कोठामा मृत फेला परेका हुन् । घरमा आफ्नै कोठामा ढोका बन्द गरेर सुतेका युवक अबेर सम्म पनि बाहिर नआएपछि आफन्तले ढोका फोडेर हेर्दा कोठाको भुइँमा लडेको अवस्था मृत फेला पारेका प्रहरीले जनाएको हो ।
तत्काल स्थानीय स्वास्थ्य संस्थाबाट पुगेका चिकित्सकले चेक जाँच गरी मृत घोषणा गरेको प्रहरीले जनाएको हो । मृतक युवकको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।