लालबन्दी–१३ औँ राष्ट्रिय दिवस तथा कर सप्ताहकाे अवसरमा सर्लाहीमा पनि विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिवार दिवसको अवसरमा सर्लाहीको लालबन्दीमा रहेको करदाता सेवा कार्यालयले प्रभात फेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । यस वर्षको कर दिवसको मूल नारा ‘‘कर प्रणालीको सार, लगानीको आधार’’ तय गरिएको छ । याे सँगै मंसिर ७ गते सम्मका लागि कर सप्ताह समेत सुरू भएकाे कार्यालयले जनाएकाे हाे ।
कार्यालयका कर्मचारी, जनप्रतिनिधि, स्थानीय उद्योगी ब्यापार लगायतको सहभागितामा कर कार्यालयबाट सुरु भएको प्रभात फेरी बजार परिक्रमा गरी पुनः कार्यलय परिसरमै पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो । यस कार्यालयले आवश्यकता अनुसार कर शिक्षा कार्यक्रम समेत गर्ने जनाएको छ ।
यस्तै कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुँदै उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीले करको दर भन्दा पनि दायरामा फराकिलो बनाउनु पर्नेमा जोड दिनुभयो । कोरोना, आर्थिक मन्दीको समय समेत सम्पूर्ण उद्योगी व्यापारीहरूले कर प्रकृयामा स्वतस्फुर्त रुपमा सहभागी भइरहेको बताउनु भयो ।
यस्तै अर्का वक्ता चार्टर एकाउन्टेन्ट बिक्की अधिकारीले नजिकै रहेको करदाता सेवा कार्यलयबाट समयमै सेवा लिएर सेवाग्राहीले भरपुर फाइदा लिनु पर्ने बताए । यस पहिला कार्यलयका कर अधिकृत छविलाल कोइरालाले कार्यक्रम तथा कार्यलयले प्रदान गर्ने सेवा र दिवसको अवसरमा प्रदान गरिएको सुविधाको विषयमा समेत प्रष्ट पारेका थियो ।
प्रभातफेरीमा सहभागीहरूले कर सम्बन्धी विभिन्न नारा लेखिएका पम्प्लेट समेत प्रदर्शनी गरेका थिए ।