Thursday, December 12, 2024

हरिवनको व्यापार मेला ३० हजार बढीले अवलोकन गरे, १८ लाख बढीको ब्यापार

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा सम्पन्न तीन दिने ‘हरिवन व्यापार तथा औद्योगिक मेला महोत्सव २०८१’ ३० हजार बढीले अवलोकन गरेका छन् ।

‘‘उद्योग व्यापार हरिवनको सान : व्यापार प्रवर्द्धन हाम्रो अभियान’’ भन्ने मूलनारा सहित आयोजना गरिएको मेला दैनिक १० हजारको दरले तीन दिनमा तीस हजार बढीले अवलोकन गरेका हरिवन उद्योग वाणिज्य सङ्घले जनाएको हो । पूर्व पश्चिम राजमार्ग किनारमा सञ्चालन गरिएको मेलामा यस क्षेत्रका कृषि तथा घरेलु औद्योगिक उत्पादन तथा व्यापार समेत प्रदर्शन गरिएको थियो ।

कोरोना सङ्कट पछि निरन्तर ओरालो लागेको उद्योग तथा व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्य सहित मेला आयोजना गरिएको आयोजक उद्योग वाणिज्य सङ्घ हरिवनले जनाएको हो । मेलामा २५ वटा स्टलबाट दैनिक ६ लाख २५ हजारको दरले तीन दिनमा १८ लाख ७५ हजार बराबरको ब्यापार समेत भएको कार्यक्रम व्यवस्थापक युवराज भण्डारीले जानकारी दिए ।

मेलाको सहआयोजक रुपमा घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, करदाता सेवा कार्यालय मलङ्गवा, हरिवन नगरपालिका कार्यालय हरिवन, सर्लाही ट्रक व्यवसायी सङ्घ, मङ्गलम डेरी उद्योग नयाँरोड, सर्लाही सुनचाँदी व्यवसायी सङ्घ हरिवन, जय सिद्धि विनायक ट्रेडर्स हरिवन, लोटस् प्लास्टिक फर्निचर एण्ड हार्डवेयर लगायत रहेका थिए ।

कार्यक्रममा चर्चित मोडेल तथा डान्सर द्वय ममता चौधरी र सदीक्षा चौधरी तथा प्रश्नचिन्ह् साङ्गीतिक ब्याण्ड र स्थानीय कलाकारहरूको समेत दैनिक प्रस्तुती रहेको हरिवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । गत मंसिर १ गतेबाट सञ्चालन भएको व्यापार मेला सोमबार सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles