Thursday, December 12, 2024

स्वास्थ्यमन्त्री पौडेलद्वारा ईश्वरपुर स्थित आँखा अस्पतालको उद्‌घाटन 

ताजा / भरखरै प्राप्त

ईश्वरपुर–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सर्लाहीको ईश्वरपुरमा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको शाखा कार्यालयको उद्‌घाटन गरेका छन् ।

ईश्वरपुर नगरपालिका–९, मा निर्माण भएको आयोजि आँखा उपचार केन्द्रको मङ्गलवार मन्त्री पौडेलले उद्‌घाटन गरेका हुन् । बिहान ११ बजेको लागी कार्यक्रम तय गरेको भए पछि उहाँ साँझ ५ ः ३० बजे तिर मात्र कार्यक्रम स्थल आइपुगेका थिए । हवाई मार्ग हुँदै जनकपुर अवतरण गरी मन्त्री पौडेल सर्लाही आइपुगेका थिए । 

समयमै कार्यक्रम सञ्चालन हुन नसक्दा कार्यक्रममा स्थल पुगेका स्थानी निरास भएर फर्किए । मन्त्री पौडेलले आँखा उपचार केन्द्र सहित बयलवासमा व्यवसायिक भवन उद्‌घाटन तथा लालबन्दी नगर अस्पताल डुमडुमे र ट्रमा अस्पताल लालबन्दीको निरीक्षण गर्ने कार्यक्रम तय भएको थियो । 

स्वास्थ्यमन्त्री पौडेलले नगर अस्पतालको अवस्था अवलोकन गर्न आउने जानकारी पछि अस्पताल व्यवस्थापन पक्ष दिउसै देखी उहाँको स्वागतमा पर्खिरहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले सरकार स्वास्थ्य क्षेत्रको सुधारको लागि दत्तचित्त भएर लागि परेको बताए । 

कार्यक्रममा बोल्नुहुदै ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले नगरको स्वास्थ्य अवस्था सुदृढ नभए सम्म आफू मेयरको कुर्चीमा नबस्ने उद्घोष गरे । चुनावको समयमा आफूले नगरवासी माझ पाठेघर अप्रेसन र किड्नीको उपचारको प्रबन्ध नगरमै गर्ने वाचा गरेको स्मरण गर्नुहुँदै व्यवस्थापनमा पहल गरिदिन मन्त्री पौडेल सँग आग्रह समेत गरे ।

यस आँखा अस्पताल नेपाल नेत्र ज्योति सङ्घ, हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन तथा ईश्वरपुर नगरपालिकाको सम्युक्त सहकार्यमा सञ्चालन गरिएको हो । उद्‌घाटन कार्यक्रम भरतपुर आँखा अस्पताल चितवनका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको ईश्वरपुर शाखाका उपाध्यक्ष प्रकाश मैनालीले जानकारी दिए ।  

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles