हरिपुर–सेलर मिलमा हात परेर सर्लाहीको हरिपुरमा एक बालक घाइते भएका छन् ।
बिहीबार हरिपुर नगरपालिका–७, पचगछिया निवासी अतिम मन्सुरका छोरा १५ वर्षका आलम मन्सुर सेलर मिलमा हात परेर घाइते भएका हुन् । बालक आमा सँगै गाउँमा रहेको बिलट चौधरीको सेलर मिलमा धान कुट्न पुगेको अवस्था मा दुर्घटनामा परेको प्रहरीले जनाएको हो ।
मिलको मोटरमा परेर बालकको बाँया हातको नाडी भाँचिएको अवस्थामा लालबन्दी स्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको हो ।