Thursday, December 12, 2024

सामुदायिक वन र स्थानीय सरकार बिच समन्वयात्मक कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा स्थानीय सरकार र सामुदायिक वन अधिकार सुनिश्चितता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार हरिवन नगरपालिका स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको । सामुदायिक वन उपभोक्ता महासङ्घ सर्लाहीले आयोजना गरेको कार्यक्रम हरिवन नगरपालिका सामाजिक विकास समिति संयोजक एवं ८ नम्बर वडाध्यक्ष प्रज्वल ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका पूर्व केन्द्रिय सदस्य कृष्ण गौतमले कार्यक्रमको सहजिकरण गरेका महासङ्घ सर्लाही अध्यक्ष सिताराम पोख्रेलले जानकारी दिए । कार्यक्रममा सामुदायिक वनको अवधारणा, सामुदायिक वनको योगदान, सामुदायिक वन र स्थानीय सरकार बीच हुनु पर्ने समन्वयात्मक अवस्थाको बारेमा चर्चा गरिएको थियो ।

देशमा सङ्घीयता कार्यान्वयन सँगै अधिकार सम्पन्न बनेको स्थानीय सरकारले सामुदायिक वन सम्बन्धी नीति निर्माणमा ध्यान नदिँदा पछिल्लो समय सामुदायिक वन धराशायी बन्दै गएको सहभागीहरूको भनाई थियो । स्थानीय सरकार र सामुदायिक वन बिचको समन्वयको विषयमा समेत कार्यक्रममा छलफल गरिएको थियो । 

सामुदायिक वनको माध्यमबाट देशमा बेरोजगारी अन्त्य गर्दै स्वरोजगारीको पहल गर्न सके समाजको समग्र विकास गर्न सकिने सहभागी वक्ताहरूले धारण राखे । सोही कार्यक्रममा हरिवन नगरपालिका–४, भोर्लेनीमा भजुबाबा दुना टपरी उद्योग सञ्चालन गरिरहेका २० वर्षीय युवा जितेन्द्र कुमार महतोलाई महासङ्घ सर्लाहीले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको थियो । 

कार्यक्रममा हरिवन नगरका वन तथा वातावरण समिति संयोजक एवम् २ नम्बर वडाका वडाध्यक्ष अर्जुन योन्जन, महासङ्घका पूर्व जिल्ला अध्यक्ष कृष्णा पौडेल, हरिवन नगर कमिटी अध्यक्ष केशव गौतम, लालबन्दी सामुदायिक वन उपभोक्ता नगर समितिका अध्यक्ष हेम बहादुर पौडेल, लगायतले सामुदायिक वनको अवस्थाका विषयमा धारण राखेका थिए ।

जिल्लामा ६० वटाको हाराहारीमा र हरिवनमा मात्रै १६ वडा सामुदायिक वन उपभोक्ता समुह दर्ता तथा प्रकृयामा रहेको महासङ्घले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles