Thursday, December 12, 2024

साना किसान कृषि सहकारी कर्मैयाको वार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित कर्मैयामा रहेको साना किसान कृषि सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रवार बागमती नगरपालिका–१२, कर्मैया स्थित कार्यालय प्राङ्गणमा संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष उत्तम आचार्यले जानकारी दिए । प्रमुख अतिथि कुशवाहाले पानसमा दिप प्रज्वलन गरेर सभाको उद्‌घाटन गरेका थिए ।

यस्तै गत आर्थिक वर्ष २०८०÷०८१ मा तीन करोड २० लाख ७० हजार ७ सय ५१ रुपैयाँ ३३ पैसा बराबरको कुल कारोबार गरी १० लाख १० हजार एक सय २४ रुपैयाँ ७५ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाले जनाएको हो । संस्थाको आर्थिक र प्रगती प्रतिवेदन समेत आयोजित सभा समक्ष प्रस्तुत गरिएको संस्थाका अध्यक्ष आचार्यले जानकारी दिए । यस संस्थाले बागमती नगरपालिका–११ र १२ नम्बर वडामा सेवा प्रवाह गरिरहेको छ ।

विषेश गरी संस्थामा आवद्ध शेयर सदस्यहरूलाई कृषि प्रबर्द्धन तथा वित्तिय सेवा प्रदान गर्नु संस्थाको मुख्य उद्देश्य रहेको संस्थाका व्यवस्थापन हेट बहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सहकारी विकास बोर्ड सदस्य विनिता दहाल, बागमती नगरपालिका कृषि शाखा अधिकृत अवधेश झा, कर्मैया खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरेराम काफ्ले, कर्मैया आदर्श क्याम्पस व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद पुडासैनी, श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय कर्मैयाका व्यवस्थापन समिति अध्यक्ष घनश्याम थापा लगायतको आतिथ्यता रहेको संस्थाका व्यवस्थापक श्रेष्ठले बताए ।

वार्षिक साधारण सभाको अवसरमा संस्थाबाट ऋण लिएर उधम गरिरहेका एक जना र कृषि व्यवसायमा आवद्ध एक जना गरी दुईजनालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles