Thursday, December 12, 2024

सहयोगी दुई परिवारद्वारा आश्रममा मिष्ठान्न भोजन

ताजा / भरखरै प्राप्त

लालबन्दी-सर्लाहीको लालबन्दी नगरपालिका स्थित जुटपानीमा रहेको आश्रममा दुई सहयोगी परिवारले मिष्ठान्न भोजन गराएका छन् ।

शुक्रबार लालबन्दी नगरपालिका–२, जुटपानी निवासी दिवङ्गत मेघराज कोइरालाको मासिक पुण्य तिथिको अवसरमा उहाँको परिवारले पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा बिहानको एक छाक मिष्ठान्न भोजन गराएका हुन् । कोइरालाका छोरा बुहारी रोशन कोइराला÷एलिना कोइराला, अमन कोइराला÷उर्मिला कोइराला, नातिहरू आयुष कोइराला, प्रत्यूष कोइराला सहित परिवारको तर्फबाट आश्रममा आश्रित वृद्धवृद्धा लगायतलाई भोजन गराइएको आश्रमकी संरक्षक एवं अध्यक्ष भवानी कोइरालाले जानकारी दिइन ।

कार्यक्रममा भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्री, पत्रकार महासङ्घका मधेश प्रदेश समितिका कोषाध्यक्ष विश्वनाथ ठाकुरलगायत सहभागी भएका आश्रमले जनाएको छ ।

यस्तै बागमतीका एक समाजसेवी परिवारले आमाको बार्षिक पुण्य तिथिको अवसरमा आश्रममा मिष्ठान्न भोजन गराएका छन् । बागमती नगरपालिका–४, निवासी खडानन्द तिमल्सेना परिवारले आमा स्वर्गीय पदममाया तिमल्सेनाको वार्षिक पुण्य तिथि पारेर लालबन्दी नगरपालिका–२, जुटपानी आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । आश्रममा आश्रित आमाबुवाहरुलाई थोरै भएपनि सहयोग गर्ने मनसायले मिष्ठान्न भोजन गराएको उनले बताए ।

मिष्ठान्न भोजनका लागी छोरा खडानन्द तिमल्सेना, नाति विष्णु प्रसाद तिमल्सेना र नातिनी बुहारी रेणुका तिमल्सेना आश्रममै पुगेका अध्यक्ष कोइरालाको भनाई थियो । विभिन्न तिथि, चाडवाड र अवसरमा आश्रममा मिष्ठान्न भोजन सहयोग गर्ने बढे सँगै व्यवस्थापनमा सहज भएको कोइरालाले बताइन । हाल आश्रममा बालबालिका, वृद्ध वृद्धा गरी ४६ जनाले आश्रय लिएर बसिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles