लालबन्दी–सर्लाहीको लालबन्दीमा रहेको विनोद घिमिरे स्मृती प्रतिष्ठानको अध्यक्षमा पुनः राम बहादुर खड्का चयन हुनुभएको छ ।
शुक्रबार जिल्लाको लालबन्दी नगरपालिका–६, स्थित मदन–आश्रीत स्मृति भवन सम्पन्न पहिलो वार्षिक साधारण सभा तथा अधिवेशनबाट खड्का पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहनु भएका पूर्व मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले खड्काको अध्यक्षतामा १५ सदस्य नयाँ कमिटी गठन गरेको हो ।
यस्तै प्रतिष्ठानको उपाध्यक्षमा सञ्चिता घिमिरे, सचिवमा केशव ढकाल, कोषाध्यक्षमा विक्रम भण्डारी र अन्य सदस्यमा चयन हुनुभएको हो । कमिटी गठनको लागि पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज उप्रेती, केन्द्रिय सदस्य रञ्जना सरकार, जिल्ला अध्यक्ष राजनारायण साह, बिदुर कुमार प्याकुरेल र रञ्जना माझी सम्मिलित अध्यक्ष मण्डल गठन भएको थियो । सोही अध्यक्ष मण्डलले आगामी कार्यकालको लागि नयाँ कमिटी गठन गरेको हो ।
कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला कमिटीका पदाधिकारी सदस्य, प्रतिष्ठानका संस्थापक पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको प्रतिष्ठानले जनाएको हो । सर्लाहीको लालबन्दी निवासी विनोद घिमिरेको स्मृतिमा यस प्रतिष्ठान स्थापना गरिएको हो ।