Thursday, December 12, 2024

लालबन्दीमा तीन बिगाहा वन क्षेत्रको अतिक्रमण हटाइयाे

ताजा / भरखरै प्राप्त

लालबन्दी–डिभिजन वन कार्यालय सर्लाहीले अतिक्रमित वन क्षेत्र खाली गर्न सुरु गरेको छ ।

मङ्गलबार लालबन्दी नगरपालिका–६ स्थित राष्ट्रिय वनको अतिक्रमित जमिन खाली गरिएको हो । स्थानीयले अतिक्रमण गरेर विभिन्न खेती गर्दै आएको करिब ३ बिघा अतिक्रमित जमिन खाली गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले जानकारी दिए । अतिक्रमित जमिनमा स्थानीयले बालीनाली लगाउदै आएका थिए । 

पटक–पटक अतिक्रमण नगर्न आग्रह गरिएको तथा अतिक्रमण गरिएको क्षेत्र खाली गर्न सूचना जारी गर्दा समेत अटेर गरेका कारण बल प्रयोग गरेर खाली गरेको प्रमुख झाको भनाई थियो । प्रहरी सहित पुगेको डिभिजन वन कार्यालयको टोलीले डोजर लगाएर बालीनाली नष्ट गरी वनको जमिन खाली गरेको हो 

डिभिजन वन कार्यालयको अनुसार यस क्षेत्रमा १ दशमलव ९९८ हेक्टर अर्थात् झन्डै ३ बिघा जमिन खाली गराइएको हो । जिल्लामा ६ सय ३७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको र ५ सय ४० हेक्टर अतिक्रमणमुक्त गरिएको छ । बाँकी अतिक्रमित जमिन पनि क्रमशः खाली गराउने प्रयास भइरहेको डिभिजन वन कार्यालयले जनाएको हो । 

स्थानीयले अतिक्रमित वन क्षेत्रमा केरा, बेसार, लसुन लगायत उत्पादन गर्ने गरेका छन् । स्थानीयले भने वनको खाली रहेको क्षेत्रमा रूख हुर्काउने गरी टाँगिया खेती गर्ने गरेको प्रतिकृया दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles