Thursday, December 12, 2024

लालबन्दीका दुई ट्रेडर्समा छापा, ६ लाख बढीको सामान बरामद

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दी बजारमा रहेको दुई वटा ट्रेडर्सबाट प्रहरीले लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । 

आइतबार लालबन्दी नगरपालिका–७, बजार क्षेत्रमा सञ्चालनमा रहेका आनन्द ट्रेडर्स खाद्यान्न पसल र कैलाश ट्रेडर्स खाद्यान्न पसलमा प्रहरीले छापा मारेर लाखौँ मूल्य बराबरको सामान बरामद गरेको हो । भन्सार छलिका अवैध सामान बिक्री वितरण गरेको सूचनाको आधारमा भन्सार कार्यालय सर्लाही इलाका प्रहरी कार्यालय लालबन्दीबाट टोली पुगेको थियो । 

छापामारी टोलीले आनन्द ट्रेडर्स खाद्यान्न पसलबाट तीन लाख ७३ हजार एक सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ । टोलीले उक्त पसलबाट ७५ बोरा चिनी, तीन बोरा ललिपप चकलेट, ४ काटुन पानीपुरी, तीन बोरा नरिवल, एक बोरा चिप्स, ४ काटुन बिस्कुट, २ काटुन अलमन्ड बदाम, २ काटुन रेडिमेड अचार र खाने तेल एक काटुन बरामद गरेको हो । 
यस्तै कैलाश ट्रेडर्स खाद्यान्न पसलबाट ४० बोरा चिनी, एक बोरा चना, ७ बोरा रहरको दाल, ४ बोरा राजनिवास गरी दुई लाख ३७ हजार ६ सय बराबरको विभिन्न सामान बरामद गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो । दुवै पसलबाट गरी ६ लाख १० हजार ७ सय ६० रुपैयाँ बराबरको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles