Thursday, December 12, 2024

रामनगरमा विभिन्न पार्टीका सयौँ माओवादी केन्द्रमा प्रवेश 

ताजा / भरखरै प्राप्त

रामनगर– सर्लाहीको रामनगरमा विभिन्न पार्टीबाट सयौँको सङ्ख्यामा नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

शुक्रबार रामनगरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली काँग्रेस, लोसपा नेपाल, सङ्घीय समाजवादी फोरम र एमालेका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका पार्टीले दावी गरेको हो । माओवादी केन्द्र रामनगर गाउँपालिका वडा न–६ र ७ कमिटीले सम्युक्त रूपमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम राखेको थियो ।

कार्यक्रममा नव प्रवेशी कार्यकर्ताहरूलाई संविधान सभा सदस्य शिव पुजन राय र रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । स्थानीय नेता सुशील शुक्ला, हुसैनी देवान र उपेन्द्र सिंहको नेतृत्वमा अन्य पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका संविधान सभा सदस्य रायले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles