Thursday, December 12, 2024

मोटरसाइकलको ठक्करबाट घाईते थापाको उपचारको क्रममा मृत्यु

ताजा / भरखरै प्राप्त

हरिपुर–मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका सर्लाहीको हरिपुर नगरपालिका स्थित जगतपुरका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा परेका हरिपुर नगरपालिका–२, स्थित सानो जगतपुरका अन्दाजी ८५ वर्षका भीम बहादुर थापाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो । थापालाई गत कात्तिक ७ गते साँझ सानो जगतपुर स्थित भित्री सडक खण्डमा मलङ्गवा तर्फ जाँदै गरेको बिआर ३० ए ३७ १८ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा परेका उनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो । 

तत्काल हरिवन स्थित नमुना अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौँ पुर्‍याइएको उनको उपचारको क्रममा २४ दिन पछि ट्रमा सेन्टर अस्पताल काठमाडौँमा मृत्यु भएको हो । थापाको सव परीक्षण पश्चात आफन्तले पशुपति अन्तिम संस्कार गरेका प्रहरीले जनाएको छ । घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles