Thursday, December 12, 2024

मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

ताजा / भरखरै प्राप्त

सर्लाहीको बागमतीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । 

शनिवार साँझ पूर्व पश्चिम राजमार्ग स्थित बागमती नगरपालिका–११, श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय अगाडि मोटरसाइकलको ठक्करबाट सोही स्थानका ५५ वर्षका शिव थापाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते हुनुभएका थापालाई उपचारको लागि हरिवन स्थित नमुना अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बाटो काट्दै गर्नु भएका थापालाई तीब्र गतिमा आएको बागमती प्रदेश ०२–०४५ प ३०४८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । घटना लगतै मोटरसाइकल र चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८, बस्ने ३० वर्षका आयुष सिंजालीलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । मृतकको सव अस्पतालमै रहेको र परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रहरीले जनाएको हो । 

यसैबीच शनिवार साँझ ब्रह्मपुरी गाँउपालिका–२, स्थित भित्री सडक खण्डमा स्कुटरले साइकललाई ठक्कर दिदा ४ जना घाइते भएका छन् । 

भित्री सडक खण्ड अन्तरगत पर्साबाट केश्वरगञ्ज तर्फ आउदै गरेको मधेश प्रदेश ०३–३४ प ३४५५ नम्बरको स्कुटरले सोही स्थानका साइकल यात्री ७० वर्षका राजपत साहलाई ठक्कर दिएको थियो । दुर्घटनामा साइकलयात्री साह सहित स्कुटर चालक पर्सा गाउँपालिका–५ बस्ने ३० वर्षकी बिनिता यादव र उनको छोराहरू १० वर्षका सुभिन यादव र ५ वर्षका यनस यादव घाइते हुनुभएको हो । 

घाइेत चारै जनाको टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागको अवस्थामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कुटर प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles