हरिवन– नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) हरिवन नगर कमिटीको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
शनिवार बिहान एक कार्यक्रमका बिच हरिवन–११, कडरिया चोकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज लिलामणि पोख्रेलले नगर पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । नगर कमिटी अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर कमिटी हरिवनले ४ जना शहीदको परिवारलाई सम्मान समेत गरेको नगर कमिटी सचिव गौरी महतोले जानकारी दिए ।
हरिवनमा रहेका शहीद गगां महतो, चन्द्रलाल श्रेष्ठ, प्रल्हाद शिवाकोटी र केशवराज गौतमको परिवारलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको हो । प्रदेश इन्चार्ज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिहरूमा जिल्ला केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अच्युतम काफ्ले, मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह, हरिवन नगर प्रमुख रमेश बुढाथोकी(कमल) रहेका थिए ।
यस्तै पार्टीका प्रदेश कमिटी सदस्य राजकुमार यादव लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको समेत आतिथ्यता रहेको कार्यक्रम सञ्चालक समेत रहेका सचिव महतोले जानकारी दिए । सोही कार्यक्रमका विच जनयुद्धका कमान्डर समेत रहेका हरि उप्रेतीलाई पुन: पार्टीमा सक्रिय हुने उद्घोष सहित स्वागत गरिएको नगर कमिटी अध्यक्ष पन्तले बताए ।
पार्टीकी नगर कमिटी उपाध्यक्ष जमुना पौडेलले सहभागीहरूलाई स्वागत गरिन् ।