मलङ्गवा–कर्मचारीको निधनमा सर्लाहीको मलङ्गवा नगरपालिकाले (भोली) मङ्गलवार एक दिनको लागि शोक बिदा घोषणा गरिएको छ ।
सोमबार एक सूचना जारी गर्दै मलङ्गवा नगरपालिकाले कार्यलयका कर्मचारी नायब सुब्बा प्रमोद रायको निधनमा शोक बिदा घोषणा गरेको जनाएको हो । नगर प्रमुख नागेन्द्र प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा मङ्गलवार एक दिन नगर मातहतका सम्पूर्ण कार्यालयहरूमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द रहने उल्लेख गरिएको छ ।
साथै यस पालिकाका नायब सुब्बा रायको सोमबार भएको असामयिक निधन प्रति शोक सन्तप्त परिवार जनामा गहिरो समवेदना प्रकट गर्दै मृत आत्माको चिर सान्तीको समेत कामना गरिएको छ ।