सर्लाहीको बरहथवा बजारमा रहेको किराना पसलमा भएको आगलागीबाट दुई करोड ७७ लाख ५० हजार बराबरको क्षति भएको छ ।
मध्य राती बरहथवा नगरपालिका–७, तरकारी बजार स्थित किशुन दासको घरमा नरेश साहले सञ्चालन गरेको किराना पसलमा एक्कासि आगलागी भएको थियो । आगलागीबाट बरहथवा नगरपालिका–८, निवासी नरेश साहले सञ्चालन गरेको राजवीर किराना स्टोर्स तथा मकै गोदाम पूर्ण रुपमा क्षति पुग्दा दुई करोड ५५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको हो ।
यस्तै सोही आगलागीबाट बरहथवा नगरपालिका–७, बस्ने विजय दासको आलु प्याज लगायतको सामान राखेको गोदाममा आगलागीले आंशिक क्षति पुग्दा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । भने, पर्साको सखुवा प्रसौनी–, बस्ने २९ को सरोज राउत कुर्मीले सञ्चालन गरेको वीरगन्ज टेलर्सको कपडा सिउने मेसिन–७, थान, साईकल–१, थान, इन्भटर बेट्री–१, थान, कपडामा लगाउने आईरन–७ थान र कपडा गरी १२ लाख ५० हजार बराबरको क्षति भएको हो ।
आगो हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा अढाइ घण्टा पछि नियन्त्रणमा आएको थियो । आगो कसरी लाग्यो भन्ने यकिन कारण भने अझै पत्ता नलागेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब निरीक्षक गौतम थापाले जानकारी दिए ।