राजु तामाङ, बागमती–सर्लाहीको बागमतीमा जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा बागमती फुटबल एकेडेमी र रतनपुर युनाइटेड विजयी भएको छ ।
प्रतियोगिता अन्तरगत मङ्गलबारको खेलमा बागमती फुटबल एकेडेमी र रतनपुर युनाइटेड विजयी भएको हो । बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भएको पहिलो खेलमा बागमती फुटबल एकेडेमी, जनशक्ति युवा क्लब सँग ट्राइबेकरमा ३–२ गोल अन्तरले विजयी भयो । निर्धारित समयमा १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट निकालिएको थियो ।
खेलको सुरुवाती १२ औं मिनेटमा जनशक्तिका समीर लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा बागमतीका समीर थोकरले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥याए । जनशक्तिले लिएको अग्रतालाई जोगाउन नसक्दा ट्राइबेकरमा खेल गुमाउन पुगेको हो । खेलको म्यान अफ दि म्याच बागमतीका गोल रक्षक कुशल गिरी बनेका छन् ।
यस्तै आजको दोस्रो खेलमा रतनपुर युनाइटेड क्लबले जुनतारा युवा क्लब डाबारीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा जुनताराका निरोज थिङले गरेको गोलबाट टिमले अग्रता लिएको थियो । तर, दोस्रो हाफको ८ औँ र ११ औं मिनेटमा रतनपुर युनाइटेडका आनन्द गुरो र अभय कुमरको गोलमा टिम २–१ ले विजयी भएको हो । दोस्रो खेलको म्यान अफ दि म्याच रतनपुरका अभय कुमर घोषित भए ।
यस्तै बुधबारको पहिलो खेलमा आयोजक (बि) र ॐ शान्ति युवा क्लब हरिवन–६ तथा दोस्रो खेलमा आइडियल को एड लालबन्दी र समृद्ध युवा क्लब जुअवा कोल्हवी बारा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजकको दुई टिम सहित १८ वटा टिम सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर २० गते हुने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो । स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।