चक्रघट्ट–सर्लाहीको चक्रघट्टामा पूजागर्न बालेको दियोबाट सल्किएको आगोले २ लाख बराबरको सम्पती खरानी भएको छ ।
मङ्गलबार पूजागर्न बालेको बत्तिबाट चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी श्यामबाबु गोसाइँको घरमा आगलागी भएको हो । आगलागीबाट गोसाइँको घर भित्र रहेको अन्नपात, लत्ता, कपडा, दराज पलङ लगायतका सामाग्री जलेर नष्ट भएको थियो । आगलागीबाट २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
आगलागी स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको थियो । समयमै आगलागी नियन्त्रणमा आएकाले अन्य पशुचौपाया तथा मानवीय क्षति नभएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।