Thursday, December 12, 2024

घाइते मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु

ताजा / भरखरै प्राप्त

बलरा–सर्लाहीको बलरा नगरपालिका स्थित हथिऔलमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार बलरा नगरपालिका–१, मा बलराबाट हथिऔल जाँदै गरेको भारतीय नम्बर प्लेट बिहार ३० एस ९३०४ को मोटरसाइकल तीब्र गतिका कारण आफै दुर्घटना भएको थियो । घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका–९ बस्ने राजमंगल सहनीका छोरा २० वर्षका राजिव सहनी र मोटरसाइकलमा सवार गौरीशङ्कर दासका छोरा १९ वर्षका बिटु दाश घाइते भएका थिए ।

घाइते दुवै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार भएको थियो । थप उपचारको लागि दुवैलाई एनएमसी अस्पताल वीरगन्ज पुर्‍याइएको र सहनीलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा परेका सहनीको दुवै खुट्टा र अनुहारमा चोट देखिएको थियो । भने, दासको बायाँ हातमा चोट लागेको थियो ।

सव परीक्षण पश्चात आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles