Thursday, December 12, 2024

एकै परिवारका छ जनालाइ वन मौरी(घारे)ले चिल्याे

ताजा / भरखरै प्राप्त

ब्रहम्पूरी–सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा वन मौरी(घारे)ले चिलेर एकै परिवारका आधा दर्जन घाइते भएका छन् ।

आइतबार जिल्लाको ब्रहम्पुरी गाउँपालिका–१, मा खेतमा धान काटिरहेका ६ जनालाई एक्कासि आएको मौरीले चिलेको थियो । घटनामा ब्रह्मपुरी गाउँपालिका–१, निवासी ७० वर्षका लक्ष्मण पासवान, श्रीमती ५५ वर्षकी निरू देवी पासवान, २५ वर्षका छोरा जित पासवान, बुहारी २४ वर्षकी बबी देवी पासवान, नातिनी ११ वर्षकी प्रीति पासवान र नाति ६ वर्षका प्रितम पासवान घाइते भएका हुन् ।

घाइते मध्य लक्ष्मण पासवानको अवस्था गम्भिर रहेको र प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार पछि थप उपचारको लागि जनकपुर रिफर गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते अन्य पाँच जना उपचार पछि घर फर्किएका उहाँको भनाई छ ।

उनी सबै जना खेतमा धान काटिरहेको अवस्थामा एक्कासि नजिकैको बाँसको झाङबाट उडेर आएको वन माहुरी (घारे)को आक्रमणमा परेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles