Thursday, December 12, 2024

ईश्वरपुरमा जारी निशुल्क शिविरमा २२६ जनाको आँखा जाँच

ताजा / भरखरै प्राप्त

ईश्वरपुर–सर्लाहीको ईश्वरपुरमा मङ्गलवार देखि जारी निःशुल्क आँखा शिविरमा आज तेस्रो दिन २ सय २६ जनाले आँखा जाँच गराएका छन ।

जिल्लाको ईश्वरपुर नगरपालिका–९, गौचरणमा सुरु भएको शिविरको तेस्रो दिन आज २ सय २६ जनाको आँखा जाँच गरिएको आयोजकका चन्दन मनी रामले जानकारी दिए । त्यस मध्य ६४ जनामा मोतिया बिन्दुको समस्या फेला परेको छ । आवश्यकता अनुसार शिविरमा उपचार पछि विमारीहरुलाई निशुल्क चस्मा र औषधी समेत वितरण गरिएको आयोजकका रामले जानकारी दिए ।

यस्तै शिविरको पहिलो दिन मङ्गलवार २ सय ७ जनाको आँखा चेक जाँच गरिएको थियो त्यस मध्य ५४ जनामा मोतिया विन्दुको समस्या र ७ जनाका आँखामा मासु पलाएको फेला परेको थियो । शिविरमा आएका मध्य ३५ जनालाई निशुल्क चस्मा र अन्यलाई औषधी वितरण गरिएको थियो ।

यस्तै शिविरका दोस्रो दिन हिजो २ सय ६५ जनाको आँखाको चेक जाँच गरिएको थियो । त्यस मध्य ७० जना मोतिया विन्दु र ७ जनाको आँखाका मासु पलाउने समस्या फेला परेको शिविर आयोजक भरतपुर आँखा उपचार केन्द्र शाखा ईश्वरपुर नगरपालिकाले जनाएको हो । शिविरमा आँखाको दृष्टि कम्जोर भएका ५५ जनालाई चस्मा र अन्यलाई औषधी वितरण गरिएको थियो । नेपाल नेत्र ज्योति सङ्घ, हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पताल चितवन तथा ईश्वरपुर नगरपालिकाको संयुक्त आयोजनामा गत २७ गते मङ्गलवारबाट सुरु भएको निशुल्क शिविर मंसिर २ गते सम्म सञ्चालन हुने छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, नेपाल आरोग्य सङ्गठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगर समिति समेत सहयोगीको रुपमा परिचालित छन् । शिविरमा फेला परेका गम्भिर प्रकृतिका विमारीको शिविरमा निशुल्क शल्यक्रिया भइरहेको भरतपुर आँखा अस्पताल ईश्वरपुर शाखा प्रमुख रामले जानकारी दिए । आँखा सम्बन्धी समस्या भएका जो कोहीले शिविरमा उपस्थित भएर सेवा लिन सक्ने उनको भनाई छ ।

बिहीवार बिहान एक कार्यक्रमको बिच ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यले शिविरको औपचारिक उद्‌घाटन समेत गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles