Thursday, December 12, 2024

आगोले पोलेर आमाको मृत्यु, छोरी घाइते 

ताजा / भरखरै प्राप्त

ईश्वरपुर–सर्लाहीको ईश्वरपुरमा खाना पकाउने क्रममा आगोले पोलेर घाइते आमाको मृत्यु भएको छ । भने, छोरी घाइते भएकी छिन् । 

आगोले पोलेर गम्भिर घाइते ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षकी नैमुन खातुनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । उनको १९ वर्षकी छोरी आशो खातुन भने, उपचार पछि घर फर्किएकी प्रहरीले जनाएको छ । गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर दुवै आमा छोरीलाई आगोले पोलेको थियो । 

स्थानीयले तत्काल दुवै आमा छोरीलाई बयलवास स्थित गोदावरी अस्पताल पुर्याएका थिए । गोदावरीमा सामान्य उपचार पछि थप उपचारको लागि किर्तिपुर स्थित बर्ण केयर अस्पताल पुर्‍याइएकी नैमुनलाइ चिकित्सकले उपचार नहुनै भन्दै फर्काइ दिएका थिए । उनको चितवन स्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएका प्रहरीको भनाई छ । 

आगोले नैमुनको ७५ प्रतिशत र आशोको १५ प्रतिशत भाग शरीर जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केश्वरगञ्जले जनाएका हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles