बिष्णु–सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको पहिवेलमा आगलागीबाट डेढ लाख बराबरको पराल जलेर नष्ट भएको छ ।
शनिवार बिष्णु गाउँपालिका–४, स्थित पहीवेलमा स्थानीयको गोठघर र परालको टौवा जलेर नष्ट भएको हो । आगलागीबाट बिष्णु गाउँपालिका–४, पहिवेल बस्ने मेवालला बैठाको फुसको गोठघर र परालको टौवा जलेर नष्ट हुँदा ६० हजार बराबरको क्षती भएको छ । भने, छिमेकी बैनाथ बैठाको गोठघर र पराल गरेर ४० हजार बराबरको क्षति भएको हो ।
यस्तै सोही स्थानका रघुनाथ बैठाको २० हजार बराबरका परालकाे टौवा, छिमेकी शिवजी महतोको १० हजार बराबरको परालको टौवा र सोही स्थानका देवानाथ महतोको २० हजार बराबरको परालको टौवा जलेर नष्ट भएको छ । दिउसो एक्कासि लागेको आगो समयमै नियन्त्रणमा आएकोले थप ठुलो क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियाे । घटनाको थप विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।