Monday, October 7, 2024

सर्लाहीमा प्राणी मुक्तिको कामना सहित माैन व्रत गरिने

ताजा / भरखरै प्राप्त

चन्द्र बहादुर जिम्बा, बागमती –देवी देवतालाई भोग चढाउने नाममा दशैंको अवसरमा दिइने पशुबलीका कारण प्राणी मुक्तिको कामना सहित सर्लाहीका विभिन्न बौद्ध गुम्बाहरूमा मौन (ञ्युङने) व्रत गरिने भएको छ । 

जगतका प्राणीको मुक्तिको कामना गर्दै बौद्ध धर्मावलम्बीहरू तीन देखि चार दिनसम्म मौन (ञ्युङने) ब्रत बस्ने प्रचलन छ । सोही अनुसार हरिवन नगरपालिका–२, लालभित्तीमा असोज २३ गते देखि २५ गते सम्म नेपाल बौद्ध धर्म परिचय समाजको आयोजनामा मौन ब्रत आयोजना गरिएको हो । व्रतमा समाजका उपाध्यक्ष तथा धर्म गुरु ज्याम्यङ टुल्कु (औतारी) बाट माहाकरुणामय आर्यवलोकिश्वरको पुजा पाठ कार्यक्रम हुने भएको छ ।

यस्तै बागमती नगरपालिका–२, धरहरा स्थित ग्याथाङ ज्याङछ्युप छ्योईलिङ गुम्बामा पनि असोज २२ गते देखि २५ गते सम्म धर्म गुरु आचार्य (खेन्पो) तेन्जिनबाट व्रत तथा पूजापाठको कार्यक्रम हुने भएको हो । जिल्लाको ईश्वरपुर नगरपालिका–५, फुल्जोर स्थित टासी छ्योईलिङ गुम्बामा असोज २२ गते देखि २५ गते सम्म लोवेन गुम्बा दोर्जे मोक्तान लामाबाट मौन व्रत प्रवचनहुने आयोजकले जनाएको छ । 

मौन व्रत बसेका बेला लामा गुरुबाट प्रवचन तथा पूजापाठ गर्ने गरिएको छ । जसका लागि रिम्पोछे, खेन्पोको नेतृत्वमा प्रवचन, आयु अभिषेक तथा बौद्ध धर्मको मुख्य ग्रन्थहरूको व्याख्या गरिने उल्लेख गरिएको छ । बिभिन्न धर्म, संस्कार, चाड पर्वमा देवीदेवताको नाममा लाखौं निर्दोष पशुपक्षीहरूको बली चढाउन नहुने बौद्ध धर्मावलम्बीहरूको माग छ । 
 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles