हरिवन–सर्लाहीको हरिवनमा टिफरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
शुक्रबार पूर्व पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका–११, बासाटोलमा टिफरको ठक्करबाट मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका–७, बस्ने ४२ वर्षका दीपक अधिकारीको मृत्यु भएको हो । दिउसो पश्चिमबाट पूर्व जादै गरेको प्रदेश २–०३–००१ क ११३७ नम्बरको टिफरले बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो ।
दुर्घटना पछि गम्भिर घाइते भएका अधिकारीलाई तत्काल हरिवन नगरपालिका स्थित नमुना अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याए पछि उपचारको क्रममा गम्भिर घाइते अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । अहिले शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिफर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताए ।