Friday, December 5, 2025

सूर्योदय साकोसको वार्षिक साधारण सभा सम्पन्न, ४५ जनाले रक्तदान

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमती नगरपालिका सोल्टीमा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । 

बिहीबार बागमती नगरपालिका–८, सोल्टीमा एक कार्यक्रमका बीच संस्थाको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष बुद्धि बहादुर तुम्सिङले जानकारी दिए ।

संस्थाको तर्फबाट आर्थिक वर्ष २०८०÷०८१ को आयव्यय समेत सभा समक्ष प्रस्तुत गरिएको थियो । संस्थाले गत आर्थिक वर्षमा ४१ करोड २३ लाख बराबरको कारोबार गरी एक लाख ५४ हजार खुद मुनाफा आर्जन गरेको लेखा परीक्षण प्रतिवेदन सभामा प्रस्तुत गरिएको संस्थाका अध्यक्ष तुम्सिङले बताए ।

यस्तै संस्थाले वार्षिक साधारण सभाको अवसरमा संस्थाका असल ऋणी, बचत कर्ता, लगानी कर्ता, बाल बचत, लगायत विभिन्न विधामा सम्मान समेत गरेको थियो । 

यसैबीच संस्थाको वार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान शिविरमा ४५ जना स्थानीयले रगत दान गरेका छन् । रेडक्रस सोसाइटी उपशाखा राजघाट र सूर्योदय साकोसको सहकार्यमा रगतको अभाव पूर्तिमा सहयोग पुर्याउने उद्देश्य सहित रक्तदान शिविर सञ्चालन गरेको संस्थाले जनाएको छ । 

सभामा संस्थाका ज्येष्ठ शेयर सदस्यबाट तिलक बहादुर खड्का, सहकारी बोर्डका पूर्व निर्देशक शिव घिमिरे, नेफस्कुन हरिवन शाखाका प्रमुख महेश बराल लगायतको आतिथ्यता रहेको संस्थाले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles