Monday, October 7, 2024

सर्लाहीको हरिवनमा लामखुट्टेको बासस्थान खोजी र नष्ट

ताजा / भरखरै प्राप्त

हरिवन-संविधान दिवसको अवसरमा सर्लाहीको हरिवनमा लामखुट्टेको बासस्थान खोजी र नष्ट गरिएको छ ।

आज हरिवन नगरपालिकाले दिवसको अवसरमा आयोजना गरेको सरसफाइ कार्यक्रममा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको हो । नगरपालिका कार्यलय परिसरबाट सुरु भएको सरसफाइ तथा लामखुट्टेको बासस्थान खोज्ने अभियान बजार क्षेत्र पुगेर कोणसभामा परिणत भएको नगरका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।

अभियानको क्रममा पानी जम्न सक्ने स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गरिएको थियो । उक्त अभियानमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, विभिन्न विद्यालयका छात्रछात्राहरू समेत सहभागि भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि विद्यार्थीहरूले डेङ्गी सङ्क्रमणबाट बच्ने उपाय लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

हरिवन बजार क्षेत्रमा पुगेर भएको कोणसभामा बोल्नु हुँदै मेयर रमेश बुढाथोकी (कमल)को डेङ्गुबाट बच्न सबैले आआफ्नो ठाउँमा सरसफाइ गर्नुपर्ने बताउनु भयो । घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी, पानी जम्ने भाडा, पुराना टायर लगायतका सामानको उचित व्यवस्थापन गर्न समेत उहाँले आग्रह गर्नु भयो । पालिकाको तथ्याङ्क अनुसार हरिवनमा अहिले सम्म २५ जना डेङ्गुका सङ्क्रमित फेला परिसकेका छन् ।

सरसफाइ तथा ¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान लगायतका सुरक्षाकर्मीहरूको समेत सहभागिता रहेको थियो । डेङ्गु विशेषगरी लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । यसबाट बच्न पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने र त्यस्ता ठाउँहरूलाई पूर्ण रुपमा विस्थापित गर्न सके डेङ्गु संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीहरूको सल्लाह छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles