बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित सोल्टीमा ५१ औँ इन्द्रजात्रा मेला सुरु भएको छ ।
मङ्गलबार राती बागमती नगरपालिका–१०, शङ्करपुर सोल्टीमा मेलाको मधेश प्रदश सभाका सदस्य जवाहरलाल कुशवाहले उद्घाटन गरे । मेला असोज ४ गते सम्म सञ्चालन हुने मेला आयोजक समितिका अध्यक्ष तारा लालाले जानकारी दिए । हरेक वर्ष इन्द्रजात्राको अवसरमा सोल्टीमा पनि मेला लाग्दै आएको छ ।
इन्द्रजात्रा मेलामा हरेक राती विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहेको आयोजकले जनाएको हो । मनोरञ्जनका लागि रोटेपिङ, सर्कस, मौतका कुवा, कोलम्बस लगायतको सामाग्री समेत राखिएको छ । कला, संस्कृति र परम्पराको संरक्षण गर्दै इन्द्रजात्रा मेला आयोजना गर्ने गरिएको समितिका अध्यक्ष लामाले बताए ।
यस्तै मेलामा वर्ष राष्ट्रिय कलाकारहरू भने, नआउने भएका छन् । तर, मनोरञ्जनको लागि अर्केष्ट्रा, कुस्ती लगायत प्रस्तुती रहने आयोजकले जनाएका हो । मेलाको अवसरमा मेलामा नृत्य प्रतिस्पर्धा तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती समेत रहँदै आएको थियो ।
मेला उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको मेला आयोजक समितिको भनाई छ ।