Tuesday, October 8, 2024

सर्लाहीको बिष्णु गाउँपालिकामा झण्डा मेला शान्तीपूर्ण

ताजा / भरखरै प्राप्त

बिष्णु–सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको मधुवनगोठ र विश्वनाथपुरमा झण्डा मेला शान्तीपूर्ण रुपमा सञ्चालन भएको छ । 

विष्णु गाउँपालिकाको मधुवनगोठ र विश्वनाथपुरमा भव्य महाबिरी झण्डा मेला लागेको हो । सुरक्षा निकायले मेला सुरक्षामा कडाइ गरेपछि शान्तीपूर्ण रुपमा सञ्चालन भएको हो । यसरी लाग्ने मेलामा विगतमा झैझगडा हुने, जुवातास खेलाउने गरिएको भएपनि यसपटक शान्त वातावरण बनेको स्थानीय राम लगन महतोले बताउनु भयो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको छ । जसले गर्दा मेला शान्तिपूर्वक लागेको उनीहरूको भनाई छ । मेला स्थलमा जुवा तास खेलाउने तयारी भएको सूचना पछि प्रहरी प्रशासनले आयोजकलाई समेत निगरानीमा राखेको थियो । मेला स्थलको वातावरण शान्त बनेपनि मेला भर्नेहरू समेत उत्साहित बनेका पाहिएको छ । 

विष्णु गाउँपालिका–३, मधुवन बजार र विश्वनाथपुर लाग्ने महाविरी मेलामा यस पहिला भारतबाट समेत जुवातास खेलाउन आउने गरेको स्थानीयको दावी छ । यसपटक मेला शान्त छ । स्थानीय दिपेन्द्र मण्डलले भने, पहिला यहाँका भन्दा धेरै बवाल गर्ने भारतबाट आउने गरेका थिए । झगडा पछि दर्जनाैको टाउको नफुटेको वर्ष हुदैन थियो । यस पटक मेला निकै शान्तीपूर्ण बनेको उक्ता वडाका वडाध्यक्ष जय कुमार चौधरीको भनाई छ ।

प्रहरीले मेला स्थलमा जुवातास खेलाउने केहीलाई कारवाही समेत गरेको छ । सुरक्षाको लागि इलाका प्रहरी कार्यालय गडहिया डुमरिया र सशस्त्र प्रहरीको सिमरा गुल्म र बीओपी बाराबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन् । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles