Monday, October 7, 2024

सर्लाहीको बलरामा पानीमा डुबेको अवस्थामा बालकको शव भेटियो

ताजा / भरखरै प्राप्त

सर्लाहीको दक्षिण पश्चिम क्षेत्र बलरा नगरपालिका स्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ ।

आज बलरा नगरपालिका–३, स्थित लक्ष्मीपुरका १२ वर्षका अङ्कित ठाकुरको शव पानीमा डुबेका अवस्थामा फेला परेको हो । बिहान घर देखी दुई किलोमिटरको दूरीमा बाढीको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा बालकको शव देखे पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

घटना लगतै प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घटना स्थल आसपासमा बागमती खोलाको बाढी पसेर डुबान रहेकोले प्रहरीको टोली बोटको सहायताले शव भएको स्थान सम्म पुग्ने प्रयास गरिरहेको उहाँको भनाई छ ।

प्रहरीका अनुसार बालक गत ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु भनेर घरबाट हिँडेका थिए । त्यस पछि बेपत्ता भएका उनको शव बिहान पानीमा डुबेको अवस्थामा फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles