Monday, October 7, 2024

सगुन सहकारीको २५ औँ साधारण सभा उद्‌घाटन, संस्थाको नेतृत्वको लागि दर्जनौँ आकाङ्क्षी

ताजा / भरखरै प्राप्त

हरिवन– प्रदेशमै व्यवस्थित मानिएको सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभाको उद्‍घाटन सभा सम्पन्न भएको छ । 

आइतबार हरिवन नगरपालिका–९, नोचा स्थित सगुन आवासीय विद्यालय प्राङ्गणमा संस्थाको साधारण सभाको उद्‌घाटन समारोह सम्पन्न गरिएको हो । सङ्घ सरकारका पूर्व रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमामा समारोह सम्पन्न गरिएको संस्थाका अध्यक्ष केशव ढकालले जानकारी दिनुभयो । 

यस साधारण सभाको बन्द सत्रले संस्थाको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने संस्थाका प्रबन्धक रविन्द्र रानाले जानकारी दिए । संस्थाको नेतृत्वको लागि दर्जनौँ आकाङ्क्षी देखिएपछि नगर प्रमुख कमल बुढाथोकीको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको छ । समितिमा नेपाली काङ्ग्रेसका नेता डोर प्रसाद भट्टराई र नेकपा एमाले नेता बिदुर प्याकुरेल रहेका छन् । 

समितिलाई ४५ जना आकाङ्क्षीहरुको नाम लिस्ट प्रदान गरिएका संस्थाका प्रबन्धक रानाले बताए । तर, आकाङ्क्षी को को हुन् भन्ने अझै सार्वजनिक गरिएको छैन् । नेतृत्व चयन सहजीकरण समितिले समेत छलफल गर्ने तयारी भएकोले तत्कालका लागि आकाङ्क्षीको नाम सार्वजनिक नगरिएको जनाएको छ । मङ्गलबार समितिको बैठकबाट नेतृत्व चयनको प्रकृया टुङ्ग्याईने समिति सदस्य भट्टराईले बताए ।

यस्तै संस्थाले सभामा एक अर्ब ५६ करोड, ३७ लाख ५० हजार एक सय १३ रुपैयाँ ९० पैसा बराबरको आयव्यय सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा कुल कारोबारबाट संस्थाले तीन करोड ३४ लाख ४५ हजार चार सय ७ रुपैयाँ ६९ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाका प्रबन्धक रानाले जानकारी दिए । खुद मुनाफाबाट संस्थाले ८.४ प्रतिशत शेयर लाभांश वितरण गर्ने जनाएको छ ।

यस संस्थामा १२ हजार ९३६ जना शेयर सदस्य रहेका छन् । संस्थाको साधारण सभा उद्‌घाटन समारोहमा प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको विशिष्ट आतिथ्यता रहेको थियो । भने, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी (रमेश) ,बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल, हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सर्लाहीकी अध्यक्ष मन्दिरा आचार्य, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा लगायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles