Tuesday, October 8, 2024

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णय

ताजा / भरखरै प्राप्त

मलङ्गवा–संविधान तथा राष्ट्रिय दिवस सर्लाहीमा भव्यताका साथ मनाउने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंहको अध्यक्षतामा बसेको बैठकले जिल्लामा दिवस भव्यताको साथ मनाउने निर्णय गरेको हो । दिवसको अवसरमा २, ३ र ४ गते विभिन्न कार्यक्रमहरू आयोजना गर्ने समेत तय भएको छ । तीन दिन नै सबै कार्यालय, सङ्घ संस्था तथा इच्छुक स्थानीयको घरघरमा राष्ट्रिय झण्डा फहराउने र साँझ दीप प्रज्वलन गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले निर्णय सार्वजनिक गर्दै, आज बिहान २० वटै पालिकामा जम्मा भएर सरसफाइ गर्ने, ३ गते बिहान ६ः३० बजे आआफ्नो पालिकामा उपस्थित भइ प्रभातफेरी गर्ने निर्णय भएको हो । प्रभात फेरीमा सङ्घ संस्थाहरूले आआफ्नो ब्यानर सहित सहभागिता जनाउन सक्ने समेत निर्णय भएको छ । 

यस्तै प्रभातफेरी पश्चात प्रादेशिक अस्पताल मलङ्गवामा विमारीहरुलाई फलफूल वितरण गरिने, ४ गते बिहान ७ बजे डिभिजन वन कार्यालय सर्लाहीको संयोजनमा पालिकाहरूले तय गरेको स्थानमा वृक्षारोपण गर्ने र दिवसको तीनै दिन स्थानीय तह, विभिन्न सङ्घ संस्था, कार्यालय तथा स्थानीयको आयोजनामा दीप प्रज्वलन, रक्तदान, सम्मान, खेलकुद, परिसंवाद, सांस्कृतिक कार्यक्रम, साहित्यिक गोष्ठी, स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको हो ।

साथै कार्यालयले ७ दिन भित्र कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाई दिन समेत अनुरोध गरेको छ । संविधान तथा राष्ट्रिय दिवस भव्यताको साथ मनाउन जिल्ला समन्वय समिति सर्लाहीले सम्वद्ध निकाय सबैमा आग्रह गरेको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles