Friday, January 24, 2025

लालबन्दी सेन्चुरीकाे आयोजनामा १ सय २१ जनाले रक्तदान गरे

ताजा / भरखरै प्राप्त

लालबन्दी– सर्लाहीको लालबन्दीमा लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको आयोजनामा १ सय २१ जनाले रक्तदान गरेका छन् । 

बिहीबार लालबन्दीमा संविधान दिवसको अवसरमा आयोजित रक्तदान शिविरमा एक सय २१ जनाले रक्तदान गरेका लायन्स क्लब आफ लालबन्दी सेन्चुरीले जनाएको हो । रक्तदान शिविरमा ठुलो सङ्ख्यामा स्थानीय सहभागि भएका थिए । रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी जनकपुर सँगको सहकार्यमा शिविर सम्पन्न भएको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका पूर्व प्रेसिडेन्ट मोहन राउतले जानकारी दिए । 

‘गिभ ब्लड, सेभ लाइफ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम लालबन्दी र आसपासका स्थनीयको समेत उत्साहजनक सहभागिता रहेको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका प्रेसिडेन्ट सन्तोष आचार्यले जानकारी दिए । विभिन्न सङ्घ संस्था सँगको सहकार्यमा ठुलो सङ्ख्यामा रक्तदाता जुटाएको उहाँको भनाई छ । शिविरमा सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटी जनकपुर पठाइएको छ ।

रक्तदातालाई फलफूल, प्रमाणपत्र र मायाको चिनो समेत प्रदान गरिएको पूर्व प्रेसिडेन्ट राउतले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles