हरिवन मोहम्मद जयन्ती (मोहम्मद दिवस) सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सोमबार मोहम्मद जयन्तीको अवसरमा सर्लाहीमा पनि ¥याली, सामूहिक प्रार्थना, सामूहिक भोज लगायत कार्यक्रम आयोजना गरिएको थियो । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउने गर्छन् ।
सोही अवसरमा सर्लाहीको हरिवनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शिविरमा ८७ जनाले रक्तदान गरेका आयोजक युथ गाइड इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टर हरिवनले जनाएको हो । शिविर सहयोगी संस्था स्वाभिमान अस्पतालको प्राङ्गण हरिवनमा सम्पन्न गरिएको थियो । शिविरमा सङ्कलित रगत रक्त सन्चार केन्द्र जनकपुर पठाइएको छ ।
शिविर संचालनमा रेडक्रस सोसाइटी उपशाखा हरिवन र हरिवन ११ नम्बर वडाको समेत सहयोग रहेको थियो । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)को प्रमुख आतिथ्यता रक्तदान शिविरको उद्घाटनमा रहेको हो । स्वाभिमान अस्पतालका लेखा व्यवस्थापन प्रमुख शौर्य प्रताप सिंहले ५८ औँ पटक रगत दान गर्दै रक्तदान शिविरको सुरुवात गर्नुभएकोे हो ।
मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्वीहरूको बसोवास रहेको जिल्लाका विभिन्न स्थानमा भव्य कार्यक्रम आयोजना गरिएको थियो ।