ईश्वरपुर– सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बाँके जङ्गलमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
शुक्रबार बिहान ईश्वरपुर नगरपालिका–१२, पूर्व पश्चिम राजमार्ग स्थित स्थित बाँके जङ्गलमा यात्रुबाहक बस पल्टिएको हो । दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाईते भएका इलाका प्रहरी कार्यालय केश्वरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।
काठमाडौँबाट धरानको लागि छुटेको यात्रु बाहक बस सडक तल किनारमा पल्टिएको प्रहरीले जनाएको हो । बसका सम्पूर्ण यात्रुहरूलाई अर्को बसबाट गन्तव्य तर्फ पठाइएको छ । बस र चालक दलका सदस्य नियन्त्रणमा रहेका प्रहरी निरीक्षक जोशीले बताए ।
घटनको विषयमा थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।