Monday, October 7, 2024

प्रधानाध्यापकको राजिनामा माग्दै मेयरलाई ज्ञापन

ताजा / भरखरै प्राप्त

हरिपुर– सर्लाही हरिपुर नगरपालिका स्थित पिडारीमा रहेको एक विद्यालयका अभिभावकले प्रधानाध्यापकको राजिनामा माग्दै मेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार हरिपुर नगरपालिका–९, मा रहेको श्रीराम लगन मावि पिडारी प्रधानाध्यापक जवाहरलाल यादवको राजिनामा माग्दै स्थानीय अभिभावकहरूले मेयर गोपाल पञ्जियारलाई ज्ञापन पत्र बुझाएका हुन् । प्रधानाध्यापक यादवले विद्यालयको व्यवस्थापकीय भूमिका राम्रोसँग निर्वाह नगरेको अभिभावकहरूले आरोप लगाएका छन् । सोही सन्दर्भमा बिहान स्थानीय युवाहरूले बिभिन्न माग सहितको ज्ञापन पत्र बोकेर मेयर पञ्जियारलाई भेट्न नगर कार्यालय पुगेका थिए । 

उनीहरूले ज्ञापन पत्रमा प्रधानाध्यापक यादवले शैक्षिक गुणस्तर कायम गर्न र कक्षा व्यवस्थापन गर्न नसकेको, गुणस्तरहिन दिवा खाजा खुवाएको, खाजाको रकम अपचलन गरेको, विद्यार्थीहरूबाट अनावश्यक शुल्क लिएको लगायतका आरोप लगाएका छन् । प्रधानाध्यापक यादव स्थानीय राजनीतिमा सक्रिय भएर शिक्षकहरू सँग आन्तरिक विवादमा समेत रहेको उनीहरूले दावी गरेका छन् । 

प्रधानाध्यापक यादवको अविलम्ब सरुवा गर्न स्थानीय अभिभावकहरूले ज्ञापन पत्रमार्फत नगरप्रमुख पन्जियार समक्ष माग गरेका स्थानीय दिनेश यादवले जानकारी दिए । यता प्रधानाध्यापक यादवले व्यक्तिगत स्वार्थ पुरा नभएको कारण केही स्थानीयले आफूमाथि गलत आरोप लगाएको प्रतिकृया दिए । कसैको श्रीमती, कसैको भाइलाई विद्यालयमा जागिर नदिएको रिस उनीहरूले आफूमाथि अनावश्यक कुरा गरेको उनको भनाइ छ । 

उनीहरूले लगाएको जस्तो विद्यालयमा कुनै किसिमको समस्या नरहेको भन्दै प्रधानाध्यापक यादवले विद्यालयको शैक्षिक अवस्थामा स्थानीयले बारम्बार बाधा पुर्याउने गरेको बताए । विद्यालयमा आरोप लगाए जस्तो केही समस्या नरहेको वडाध्यक्ष विश्वनाथ रायले दाबी गरे । नियमित आफू विद्यालयमा पुग्ने गरेको, भन्दै व्यवस्थापन समिति, प्रधानाध्यापक, अभिभावक लगायतसँग बैठक बस्ने गरेको उहाँको भनाई थियो । 

केही आमुख समुहले सामुदायिक विद्यालयलाई राजनीति गर्ने थलो बनाउने प्रयास थालेको हुन सक्ने उनको भनाई छ । वडामा रहेका २ ओटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने तर्फ आफूलागेको वडाध्यक्ष रायको भनाई छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles