बरहथवा– सर्लाहीको बरहथवा नगरपालिकामा पालिका दिवसको अवसरमा विमारीलाई हर्लिक्स र फलफूल वितरण गरेको छ ।
मङ्गलबार राष्ट्रिय पालिका दिवसको अवसरमा बरहथवा नगर अस्पतालमा भर्ना रहेका विमारी तथा सुत्केरीलाई फलफूल र हर्लिक्स वितरण गरिएको मेयर कल्पना कुमारी कटुवालले जानकारी दिनुभयो । नगर अस्पतालमा भर्ना भएका सुत्केरी सँगै भर्खर जन्मिएका शिशुहरूलाई कपडा समेत वितरण गरिएको थियो ।

सोही अवसरमा मेयर कटुवाल, उपमेयर रामबाबु प्रसाद साह लगायतले नगर अस्पताल हातामा विभिन्न जातका फल तथा फूलको बिरुवा समेत रोपेका छन् । कार्यक्रममा सहयोगी समाज संस्थाको समेत सहकार्य रहेको नगरपालिकाले जनाएको हो ।

