Monday, October 7, 2024

पशुपति सामुदायिक वन र ग्रामीण विकास समुहको साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा रहेको पशुपति सामुदायिक वन र ग्रामीण विकास समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

आज बागमती नगरपालिका–११, स्थित पशुपति मन्दिर परिसरमा दुवै संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाले जनाएको हो । पशुपति सामुदायिक वन समुहको २८ औँ साधारण सभा र पशुपति ग्रामीण विकास समुहको २० औँ साधारण सभा सम्पन्न गरेको कार्यक्रम सञ्चालक कविराज खड्काले जानकारी दिनुभयो । वन समुहको अध्यक्ष बद्री कुमार खड्का र ग्रामीण विकास समुहको अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

डिभिजन वन कार्यलय सर्लाहीका प्रमुख सन्तोष कुमार झाको प्रमुख आतिथ्यमामा आयोजित सभामा संस्थाका पदाधिकारीहरूको तर्फबाट आर्थिक वर्ष २०८१÷०८२ को प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको ग्रामीण विकास समुहका उपाध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो । प्रस्तुत प्रतिवेदन अनुसार पशुपति सामुदायिक वनले गत आर्थिक वर्षमा कुल ६ लाख ६९ हजार ९ सय ३७  रुपैयाँ ५९ पैसा बराबरको कारोबार गरी खुद १ लाख २१ हजार ३ सय २७ रुपैयाँ ५९ पैसा मुनाफा आर्जन गरेको हो । 

संस्था सञ्चालन लगायत शीर्षकमा ५ लाख ४८ हजार ६ सय १० रुपैयाँ खर्च भएको सभामा आयव्यय पेस गरिएको थियो । 

यस्तै पशुपति ग्रामीण विकास समुह तर्फ संस्थाले गत आर्थिक वर्षमा कुल १२ लाख १० हजार १८ रुपैयाँ ६७ पैसा कारोबार गरी २ लाख ६४ हजार ८ सय ३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको संस्थाले जनाएको हो । साधारण सभाको अवसरमा समुहमा आवद्द सदस्यका परिवारबाट गत वर्ष एसईईमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक छात्र र एक छात्रालाई नगद पुरस्कार सहित सम्मान गरिएको ग्रामीण विकास समुहका उपाध्यक्ष केसीले जानकारी दिनुभयो । 

साधारण सभामा पशुपति सामुदायिक आधारभुत विद्यालयका प्रधानाध्यापक तारानाथ खनाल, पूर्ण बहादुर पाण्डे, भगवती रानाभाट, लम्बोदर काफ्ले, रमेश काफ्ले, डिभिजन वन सर्लाहीका अधिकृत राकेश रञ्जन दाश लगायतको आतिथ्यता रहको थियो । यस समुहले अभिभावकत्व ग्रहण गरेको पशुपति सामुदायिक प्राथमिक विद्यालयका २९० जना छात्रछात्राहरूलाई वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा हिजो स्टेसनरी सामाग्री वितरण गरेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles