Monday, October 7, 2024

तीन पालिकामा विभिन्न विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

बलरा–शान्ति सुरक्षा, अपराध, लागू औषध ओसारपसार र सेवा प्रवाह सम्बन्धमा तीन पालिकाका सरोकारवाला बीच अन्तरकृया सम्पन्न भएको छ । 

सोमबार बलरा नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । विष्णु गाउँपालिका, गोडैता र बलरा नगरपालिकाका प्रमुख उपप्रमुख, जनप्रतिनिधि लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो । सचेतना कार्यक्रममा शान्ति सुरक्षा, अपराध, लागू औषध ओसारपसार र सेवा प्रवाह सम्बन्धमा छलफल समेत गरिएको थियो । सिमा क्षेत्रमा देखिने अपराध तथा लागू औषध ओसारपसार नियन्त्रणका लागि सबै तहले पहलकदमी गर्नुपर्ने वक्ताहरूले धारणा राखेका थिए ।

खुला सिमा नाकाका कारण लागू औषध ओसारपसार तथा अपराधका घटना बढ्दै गएको सुरक्षा अधिकारीहरुको भनाई थियो । सोही क्रममा प्रमख जिल्ला अधिकारी अधिकारीको संयोजकत्वमा सिमा क्षेत्रको अनुगमन निरीक्षण समेत गरिएको थियो । टोलीले बलरा नगरपालिका विष्णु गाउँपालिका र गोडैता नगरपालिका अन्तरगत सिमा क्षेत्रका अनुगमन निरीक्षण गरेको हो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, जिल्लाका सुरक्षा निकाय प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles