Monday, October 7, 2024

​​​​​​​तामाङ ह्वाइ काई पुस्तक विमोचन सँगै साङ्गीतिक कार्यक्रम हुने

ताजा / भरखरै प्राप्त

राजु तामाङ, डम्फुला तालरी तामाङ ह्वाइ जाम्बुलिङरी छार्ना लाई भन्ने नारा सहित तामाङ ह्वाइ काइ पुस्तकको विमोचन हुने भएको छ ।

सर्लाही हरिवन नगरपालिका घुर्कौली निवासी गायक तथा सङ्गीतकार शुभ लाल घलान द्वारा लिखित दोस्रो पुस्तकको शनिबार (भोलि) काठमाडौंको राष्ट्रिय नाचघर जमलमा दिउँसो १ बजे पुस्तक विमोचन हुने भएको हो । गायक तथा सङ्गीतकार घलान द्वारा लिखित यो दोस्रो पुस्तक हो यस अघि घलानले सेलो राग नामक पुस्तकको प्रकाशन गरिसकेका छन । पुस्तक विमोचन कार्यक्रममा तामाङ मौलिक गीतसङ्गीतको साङ्गीतिक कार्यक्रम पनि हुने भएको छ ।

विभिन्न भेगका तामाङ मौलिक भाकाहरूलाई एक ठाउँमा जम्मा गरी लय र भाकाको सिर्जना गरि त्यसलाई लिपिबद्ध गर्दै तामाङ मौलिक बाजा डम्फु बजाउने तरिका र डम्फुको ताल सिकाउने भनी पुस्तक तयार पारिएको हो । कार्यक्रममा तामाङ मौलिक बाजाहरू डम्फु, टुङ्ना, बाँसुरीका साथै ढ्याङ्ग्रो (ङ्हा) र घण्टी (स्याङ) बजाउने प्रस्तुति पनि रहेको आयोजकले बताएको छ । तामाङ मौलिक गीत सङ्गीतको माध्यमबाट तामाङ भाषा, भेषभुषा, संस्कार संस्कृतिलाई जगेर्ना गर्दै एकरूपता ल्याउने उद्देश्यका साथ पुस्तक लेखिएकाे लेखक घलानले जानकारी दिएको छ ।

हरिवन नगरपालिका सर्लाहीका उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्र कुमार दोङ विशिष्ट अतिथि रहने कार्यक्रमको अन्तिम तयारी सकिसकेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा शुभ तामाङ लगायत गायक तथा टुङ्ना बादक छेवाङ तेन्जिङ लामा, गायिकाहरू सुमिना लो, लक्ष्मी स्याङ्तान, रेशमा बोम्जन, पारु लामा, डम्फु बादक राजु थिङ र एन्जल घलान, बाँसुरी बादक चन्द्र लामा र टुङ्ना बादक राम गोम्जाको प्रस्तुति रहने छ ।

शुभ सङ्गीत पाठशाला प्रालिले आयोजना गरेको कार्यक्रमलाई हरिवन नगरपालिकाले सहकार्य गरेको छ र देशविदेशबाट पनि विभिन्न सहयोगदाताहरूमा कार्यक्रमलाई सहयोग प्राप्त भएको छ । उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन सम्पूर्ण गीतसङ्गीत प्रेमी दर्शक स्रोतालाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles