ब्रह्मपुरी-सर्लाहीकाे ब्रह्मपुरी गाउँपालिका स्थित झिम खोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको सव फेला परेको छ ।
आज ब्रह्मपुरी गाउँपालिका–४, शेष टोल नजिकै झिम खोलामा डुबेको अवस्थामा भारतको सीतामढी जिल्ला ग्राम पंचायत सोनवर्षा–९, बस्ने ४८ वर्षका ईन्दल महतोको शव फेला परेको हो । महतोलाई खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
लगतै पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले घटना स्थलको प्रकृति मुचुल्का पछि शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नियब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनु भयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।