Monday, October 7, 2024

अब सर्लाहीको मलङ्गवामै बीबीए पढ्न पाहिने

ताजा / भरखरै प्राप्त

मलङ्गवा–यस शैक्षिक सत्रबाट सर्लाहीको मलङ्गवामा बीबीए पढाइ हुने भएको छ ।

जिल्ला सदरमुकाम मलङ्गवामा यस शैक्षिक सत्रबाट बीबीएको पढाई सुरु भएको हो । ब्रहमभुमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजी एण्ड मेनेजमेन्टले पहिलो पटक मलङ्गवामा बीबीएको पढाई सुरु गर्न लागेको हो । राजर्षी जनक विश्व विद्यालयबाट सम्बन्धन प्राप्त ब्रहमभुमिले यस क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले बीबीएको पढाई सुरु गर्न लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पूर्वमा जनकपुर तथा पश्चिममा वीरगन्ज बाहेक यस क्षेत्रमा बीबीए पढ्ने व्यवस्था नभएको ब्रहमभुमिका प्रमुख कार्यकारी अधिकृत डाक्टर सिंहले बताउनु भयो । यस प्रदेशको मध्य क्षेत्रलाई आधार बनाएर बीबीए सचालनले विपन्न विद्यार्थीहरूलाई राहत पुग्ने उहाँको भनाई छ । ‘‘बाहिर बसेर बढ्नु पर्दा विद्यार्थीहरूको लगानी बढ्ने भएकोले आफ्नै गाउँठाउँमा बसेर शिक्षा आर्जन गरुन् भन्ने उद्देश्य राखेका छौँ ।’’ डा. सिंहले भन्नुभयो, ‘‘घर पायक पढाईले विद्यार्थीहरूलाई सहजता हुने अपेक्षा छ ।’’

यस ब्रहम्भुमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजी एण्ड मेनेजमेन्टका प्राचार्य चन्देश्वर मिश्रले यस वर्षदेखि शैक्षिक सत्र चलाउन विद्यार्थीहरूबाट नामाङ्कनको लागि धमाधम फर्म वितरण भइरहेको बताउनु भयो । ४० जना विद्यार्थी पढाउने अनुमति पाएकोमा २ सय भन्दा बढी विद्यार्थीले आवेदन दिइसकेका प्राचार्य मिश्रले जानकारी दिनुभयो । उनका अनुसार असोज १२ गते राजर्षि जनक विश्वविद्यालयले लिखित परीक्षाको नतिजा पछि ब्रहमभुमि बीबीए पढ्ने विद्यार्थीको सूची पठाउने छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles