लालबन्दी-सर्लाहीको लालबन्दी नगरपालिका स्थित बोहोरे डाँडामा ४६ औँ पुष्पलाल स्मृती दिवसको कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार लालबन्दी नगरपालिका–१५, परवानिपुर स्थित बोहोरे डाँडामा रहेको पुष्पलाल पार्कमा स्मृती दिवसको अवसरमा सभा तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । नेकपा(एस) पार्टीका केन्द्रिय सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको पुष्पलाल स्मृती प्रतिष्ठानका जिल्ला अध्यक्ष उद्धव पाठकले जानकारी दिए ।
कार्यक्रममा पार्टीकी जिल्ला उपाध्यक्ष अन्जु पौडेल, नेता राजकुमार बिश्वकर्मा, विभिन्न जनवर्गिय संगठनका प्रमुख एवं प्रतिनिधि, नेता कार्यकर्ताको उपस्थिती रहेको कार्यक्रम संचालक भरत कुमार कार्कीले जानकारी दिए । उपस्थित नेता कार्यकर्ताले पार्कमा रहेको पुष्पलालको शालिक तथा फोटोमा माला र अविर अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रमका अधिकांस बक्ताहरुले पुष्पलालको विचार र सिदान्तलाई नेता कार्यकर्ताले भुलेको बताएका थिए । बिचार र सिदान्त पार्टी भन्दा पनि माथि हुने भन्दै सहित विचार र सिदान्तले मात्र पार्टीको उद्देश्य पुराहुने दावी गरे । पार्टीको नेता कार्यकर्ता भन्ने तर, विचार सिदान्त नबोक्ने परिपार्टीले पार्टीलाईने खाडलमा पुर्याउने उनीहरुको भनाई थियो ।