सर्लाही–सर्लाहीको लालबन्दी नगरपालिका स्थित ग्रिड स्टेशनमा समस्या आएपछि जिल्ला भरी अबरुद्ध बिद्युत ६ घण्टा पछि सुचारु भएको छ ।
लालबन्दी नगरपालिका–१, नवपुरमा रहेको ३३ केभी ग्रिड स्टेशनको ६३ एमबिए ट्रान्सफरमरको चार्जिङ स्प्रीङमा समस्या आए पछि जिल्ला भरी बिद्युत अबरुद्ध भएको थियो । स्टेशनको ६३ एमबिए ट्रान्सफरमर प्रोटेक्सन ब्रेकरको क्वायल जलेर फेरेपछि चार्जिङमा समस्या भएको स्टेशन इन्चार्ज शुशिल यादवले जानकारी दिए ।
‘‘६३ एमबिए ट्रान्सफरमर प्रोटेक्सन ब्रेकरको क्वायल जलेको थियो ।’’ उहाँले भन्नुभयो, ‘‘बिहान क्वायल परिवर्तन गरेपछि चार्ज गर्न खोज्दा स्प्रीङ फसेका कारण बिद्युत अवरुद्ध भएको हो । ढल्केवर कार्यालयबाट प्राविधिक बोलाएर मर्मत गरी । जिल्ला भरी नै बिद्युत सुचारु गरिसकिएको छ ।’’
बिद्युत अबरुद्ध भएपछि जिल्लाका उद्योग तथा कलकारखाना संचालनमा समेत समस्या भएको उद्योगी व्यवसायीहरुको गुनासो थियो ।
यस्तै केही दिन देखी लगातार बढेको उखरमाउलो गर्मीमा बिद्युत अबरुद्ध भएपछि जिल्लाबासी थप आक्रान्त बनेका छन् । गर्मीले घरमा बस्न नसक्ने अवस्थामा बिद्युत अबरुद्ध हुदा आफुहरु थप मारमा परेको सर्लाहीको गैर निवासी करण झाले गुनासो गर्नु भयो । ‘‘गर्मीले शरीरबाट लगातार पसिना बगिरहेको छ ।’’ स्थानीय कृष्ण सापकोटाले भन्नुभयो, ‘‘पंखा सम्म चलाउन पाएको छैन् ।’’
जिल्लामा बिहान ९ बजे देखी नै बिद्युत बन्द भएको थियो । आज नै जिल्लामा यस बर्षकै गर्मी महसुस भएको सर्लाहीको बागमती नगरपालिका–११, निवासी शंकर सापकोटाले बताउनु भयो । यतीको गर्मी यस बर्ष कुनै दिन महसुस नगरिएको उहाँको भनाई थियो ।