Monday, October 7, 2024

सर्लाहीबाट एसईईमा ४४.७० प्रतिशत बिद्यार्थीमात्र उत्तीर्ण

ताजा / भरखरै प्राप्त

सर्लाही–माध्यामिक शिक्षा परिक्षा (एसईई)मा सर्लाहीबाट ४४.७० प्रतिशत मात्र बिद्यार्थी उत्तीर्ण भएका छन् ।

जिल्लाबाट २०८० सालको एसईई परिक्षामा सहभागि भएका मध्य ४४.७० प्रतिशत अर्थात ४ हजार ५ सय ९८ जना परिक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । गत चैत १५ देखी २७ गते सम्म संचालन भएको एसईई परिक्षामा यस जिल्लाबाट जम्मा १० हजार २ सय ८६ जना बिद्यार्थी सहभागि भएका थिए । त्यस मध्य ५५.३० प्रतिशत अर्थात ५ हजार ६ सय ८८ बिद्यार्थीको परिक्षाफल नन् ग्रेडिङ(एनजी) आएको हो ।

यस्तै यस जिल्लाबाट एसईईमा सहभागि मध्य दुई जना छात्रछात्राले सर्वाधिक ३.९५ र दुई जना छात्रछात्राले न्यूनतम २.१९ जिपिए प्राप्त गरेका छन् । भने, १ सय ९७ जनाले २.२० देखी २.४९ जिपिए, १ हजार ९ सय ३३ जनाले २.५० देखी २.९९ जिपिए, १ हजार ९ सय ७ जनाले ३.०० देखी ३.४९ जिपिए र ५ सय ५७ जना छात्रछात्राले ३.५० देखी ३.९१ जिपिए अंक प्राप्त गरेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका अनुसार यस बर्ष १०५ सामुदायिक र ४५ वटा संस्थागत बिद्यालयका छात्रछात्राहरुले ३८ वटा परिक्षा केन्द्रबाट परिक्षा दिएका थिए । परिक्षामा सामुदायिक बिद्यालयबाट ९ हजार ५६२ र संस्थागत तर्फबाट एक हजार ३३४ जना छात्रछात्रा सहभागि भएका हुन् ।

यस बर्ष एसईई परिक्षामा जिल्लाका कुनै पनि बिद्यालयको परिक्षाफल सुन्य नभएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए । तर, विगतको बर्षहरुको तथ्यांक हेर्दा परिक्षाफल खस्कदो अवस्थामा रहेको उन्ले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles