Saturday, November 9, 2024

सर्लाहीको बागमती नगरपालिकामा भएको सवारी दुर्घटनाका चालक पुरपक्षका लागि कारागार चलान

ताजा / भरखरै प्राप्त

हरिओन- पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको बागमतीमा भएको सवारी दुर्घटनामा संलग्न चालकहरू पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

घटनामा संलग्न दुवै सवारीका चालकलाई मङ्गलबार जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। गत असार ६ गते बिहान सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १ रायमाझी चोकमा रोकिराखेको भारतीय नम्बर प्लेट एनएल ०१ एएच ९२५२ नम्बरको ट्रकको पछाडिपट्टि यात्रुवाहक बस ठोकिएको थियो।

बस दुर्घटनामा बसमा सवार पाँचजना यात्रुको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए। दुर्घटना लगत्तै पक्राउ परेका बस चालक रूपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ७ शीतलनगर बस्ने ३४ वर्षका अर्जुन खरेल र भारतीय नम्बर प्लेटको ट्रकका चालक भारतको राजस्थान शाहपुर थाना पुलिया वडा नम्बर ९ राज्य बस्ने ३७ वर्षका दिनेश कुमार किरलाई प्रहरीले पक्राउ गरेको थियो।

दुवैजना चालकले लापरवाहीपूर्ण ढंगले सवारी चलाएको पाइएकाले उनीहरूलाई सवारी ज्यान र अङ्गभङ्ग मुद्दामा अदालत पेश गरिएको इलाका प्रहरी कार्यालय हरिओनले जनाएको हो। अदालतको आदेशपछि दुवैजनालाई पूर्पक्षका लागि जिल्ला कारागार सर्लाही पठाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles