सर्लाही– सर्लाहीकी पत्रकार रोजिना थापा यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । देखापढीमा कार्यरत थापालाई युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो ।
मन्त्रालयले युवा पत्रकारीता पुरस्कारबाट सर्लाहीकी रोजिना थापा सहित सुर्खेतका ललितबहादु बुढा, जुम्लाका सागर परियार र बैतडीका विनोद सिंह बिष्ट गरी चार जनालाई यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । उनीहरू सबैजनाले जनही ५० हजार नगद सहिद प्रमाणपत्र प्रदान गरिको थियो ।
पुरस्कार समारोहमा बोल्दै पत्रकार थापाले कर्म गर्दै जाँदा युवा उद्यमको क्षेत्रमा केही योगदान गर्न सकेको बताईन् । यस पुरस्कारले थप जिम्मेवार सगैँ काम गर्ने हौसला प्रदान गरेको उहाँको भनाई थियो । विगत १५ वर्षदेखि काठमाण्डौमा बसेर पत्रकारिता क्षेत्रमा क्रियाशील थापाले उद्यम क्षेत्रका यावत बिषयमा सशक्त ढंगले कलम चलाउदै आएकी छिन् ।
थापाले पत्रकारीको माध्यमबाट युवाहरूलाई नेपालमा नै केही गर्न सकिन्छ र मिहिनेत गर्न सके नेपालमा नै प्रसस्त सम्भावना छ, भनेर उत्साह प्रदान गर्ने गरेकी छन् । कान्तिपुर टेलिभिजनमा प्रसारणा हुने ‘मनि टक्स’ कार्यक्रममा लामो समय काम गरेकी उनी अहिले देखापढी मिडियामा कार्यरत छिन् ।
पत्रकार थापा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्ष समेत हुन् ।